समाजिक फीड
जनकपुरधाम, माघ ४ गते ।
विभिन्न अपराधमा संलग्न भई फरार भएका २४० जना अभियुक्तलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
अदालतबाट दोषी ठहर भएर फारार भएकाहरुलाई जेल सजाय र जरिवानाका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्त ती सबैजनालाई पक्राउ गरेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताए ।
उनका अनुसार कर्तव्य ज्यान, डाँका,चोरी, सवारी ज्यान, जबरजस्ती करणी, ठगी, लगायत विभिन्न मुद्दामा संलग्न रहेका ती अभियुक्तहरूलाई अदालतको आदेश अनुसार कैद भुक्तानीको लागि जिल्ला कारागार लगायतको निकायमा पठाइएको हो ।