Skip to main content


समाजिक फीड
जनकपुरधाम, माघ ३ गते ।

नेपाली बजारमा बुधबार पनि सुन–चाँदीको भाउ घटेको छ।

मंगलबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यस दिन अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार आठ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला एक हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार चार सय १५ रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस दुई हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *