समाजिक फीड
जनकपुरधाम, माघ ३ गते
सिरहा प्रहरीले बलात्कारको प्रयास गरि फरार भएका एकजनालाई पक्राउ गरेको छ ।
जबर्जस्ती करणी उद्योग मुद्दामा साढे दुई वर्ष कैद सजाय फैसला सुनाइएका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिराहा नगरपालिका– १६ का करिब ४५ वर्षीय मो.असिकुल मियाँ रहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र पाण्डेले जानकारी दिए ।
उनका अनुसार मियाँलाई मंगलबार सिराहा कारागार चलान गरिएको हो ।
लुकिछिपी बसिरहेको अवस्थामा दुई दिनअघि मियालाई पक्राउ गरी मंगलबार जिल्ला अदालतमा पेस गरेसँगै दुई वर्ष चार महिना २९ दिन कैद भुक्तानका लागि कारागार चलान गरिएको डिएसपी पाण्डेले बताए ।
जबर्जस्ती करणी उद्योग मुद्दाअन्तर्गत १० जेठ ०७४ मा पक्राउ परेका मियाँ पुर्पक्षका लागि एक महिना एक दिन कारागारमा बसेपछि ५ असार ०७४ को आदेशले ३५ हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
त्यसपछि जिल्ला अदालतको २३ फागुन ०७४ को अन्तिम फैसलाले प्रतिवादी मियाँलाई दुई वर्ष ६ महिना कैदको सजाय सुनाएपछि फरार रहँदै आएका थिए ।