Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, पुस २९ गते ।

धनुषा प्रहरीले भारतबाट भन्सार छली तथा चोरी गरेर ल्याएको गाडीमा गैर कानुनी रुपमा नेपाली नम्बर प्लेट लगाउने र चलाउने गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

आइतवार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी चारवटा गाडी सहित गिरोहका ७ जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

भन्सार चोरी निकासीमा संलग्नहरुले हालसम्म ८ वटा गाडी भारतबाट ल्याएर त्यसमा मनलाग्दी नेपाली नम्बरको प्लेट राखि चलाएको खुलेको धनुषाका प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले बताए ।

यो धन्धामा संलग्नहरुमा महोत्तरीको जलेश्वर नगरपालिका–३ मलिवारा बस्ने ५० वर्षीय मोख्तार अन्सरी, लोहरपट्टी नगरपालिका–६ बस्ने ४० वर्षीय जमजम भनेर चिनिने अन्सारुल कवारी, ३७ वर्षीय अजिम राईन, २८ वर्षीय मोबारक अलि, मनरासिसवा नगरपालिका–६ बस्ने ३२ वर्षीय रोशन कुमार ठाकुर, धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धी बस्ने अविद नदाफ, धनुषाधाम नगरपालिका–६ बस्ने २८ वर्षीय पंकज शर्मा रहेका छन् ।

अनुसन्धानको क्रममा भन्सार चोरी गरेर ल्याइएका प्रदेश–२–०३–००१ च. ११४०, प्रदेश–२–०३–००१ च ०११०, प्रदेश–२–०३–००१ च ५४८७ र प्रदेश–२–०३– ००१ च ३७३९ नम्बरको गाडी प्रहरीले नियन्त्रणमा लिएको हो ।

यी गाडीहरूको लेखापढी भएको सवारी धनी तथा सवारी दर्ता किताब सहितको विवरण यातायात व्यवस्था कार्यालय जनकपुर तथा यातायात व्यवस्था कार्यालय वीरगञ्जमा समेत फेला नपरेको धनुषाका प्ररही उपरिक्षक (एसपी) मित्रबन्धु शर्माले बताए ।

उनका अनुसार यातायात व्यवस्था कार्यालय नारायणी विरगंजमा उक्त गाडिहरुको सवारी साधन दर्ता किताब माईक्रो बस र पिकअप गाडिको नाममा छ भने ती गडाी धनीहरु समेत अर्कै व्यक्तिहरु छन् ।

चोरीको तथा भन्सार छलीका उक्त गाडिहरु देखाई नक्कली सवारी धनी किताब बनाएर विक्रि गरेको देखिएकाले पक्राउ परेकाहरुमाथि किर्ते तथा लिखित बदर भन्सार तर्फको कानुनी कारबाही अघि बढाइएको एसपी शर्माले बताए । प्रहरी अनुसन्धानमा पक्राउ परेका मोख्तारले भारतीय व्यक्तिहरुसँग सम्पर्क गरी गाडीको डिल गर्थे ।

हालसम्म ८ वटा गाडी उनले डिल गरेर भित्र्याएको खुलेको छ । मोख्तारले नेपाली नम्बर प्लेट र ब्लु बुकको व्यवस्था समेत मिलाउँथे ।
जमजम भन्ने अन्सारुल कवारीले मोख्तार अन्सारीसँग सम्पर्क गरी भारतीय नम्बर प्लेटको गाडी खरिद गर्थे । उनले प्रदेश–२–०३–००१ च ५४८७ नम्बरको गाडी उनले अजिम राइनलाई बेचेका थिए ।

त्यसैगरि प्रदेश २–३–००१ च ०११० नम्बरको गाडी नौसाद शेखलाई र प्रदेश–२–०३–००१ च ११४० नम्बरको गाडी रोशकुमार ठाकुरलाई बेचेका थिए । वैदेशिक रोजगारीबाट फर्किएका अजिम राइर्नले अन्सारुल कवारीसँग प्रदेश–०२–०३–००१ च ५४८७ नम्बरको गाडी १२ लाख रुपैँयामा खरिद गरेका थिए ।

आरेक ट्राभल्सको संचालक समेत रहेका रोशनले अन्सारुल कवारीसँग प्रदेश–०२–०३–००१ च ११४० नम्बरको गाडी १५ लाखमा खरिद गरेका थिए ।

सवारी चालकको काम गर्ने अविद नदाफ महोत्तरीको लोहरपट्टी बस्ने अख्तर नदाफको नातामा भिनाजु पर्नेसँग प्रदेश–२–०३–००१ च ३७३९ नम्वरको गाडी भाडामा चलाउन ल्याएका थिए ।

साथी नौसाद नजिर विदेश गएपछि मोबारकले प्रदेश–०२–०३–०११० नम्बरको गाडी ८ महिनादेखि आफ्नो घरमा ल्याएका थिए । सो गाडी चालककै काम गर्ने पंकज शर्माले मोबारकसँग भाडामा चलाउन लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!