Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, पु्स २९ गते ।

उद्योगी तथा व्यापारीहरुले जनकपुरधाममा बैंकहरुविरुद्ध प्रदर्शन गरेका छन् ।

बैंकको चर्को ब्याजबाट पीडित उद्योगी व्यवसायी संघर्ष समितिले विभिन्न माग राख्दै बैंकहरुविरुद्ध आइतवार प्रदर्शन गरेका हुन् ।

बैंकको चर्को ब्याजविरुद्ध जनकपुरधामस्थित जनक चोकबाट उद्योगी व्यवसायी पीडित संघर्ष समितिले निकालेको र्याली राष्ट्र बैंक अगाडि पुगेर धर्नामा परिणत भएको थियो ।

बैंकहरुको चर्को ब्याजदर विरुद्ध आफूहरुलाई आन्दोलनमा उत्रिनु परेको उद्योगी व्यवसायीहरुको भनाई छ ।

‘नेपालीहरुलाई नेपालमै गरिखान पाउनुपर्ने वातावरण बनाइदिनुपर्यो । व्यापारीले ८ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशतसम्म पुर्‍याउँदासमेत राष्ट्र बैंक चुप लागेर बसेको छ,’ उनले भने ।

बैंकर्स र वित्तीय संस्थाहरु सामन्ती बनिरहेको उनले आरोप लगाए ।

उनले बैंकको ब्याजदर १० प्रतिशतभन्दा कम हुनुपर्ने, ब्याज बुझाउन थप समय दिनुपर्ने, ब्याज नबुझाएसम्मका लागि डाक निलाम नराख्नुका साथै कलोसूचीमा नराख्न माग गरे ।

व्यापारीहरुले आफूहरुको माग सम्बोधन नभए आगामी दिनमा सशक्त आन्दोलन गर्ने पजियारले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!