समाजिक फीड
जनकपुरधाम, पुस २७ गते ।
सुनको मूल्यमा फेरि वृद्धि भएको छ । चाँदीको मूल्य भने घटेको छ।
पुस १८ गतेदेखि घट्न थालेको सुनको मूल्य शुक्रबार तोलामा तीन सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको छ।
महासंघका अनुसार बिहीबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ३ सय र तेजावी सुनको मूल्य १ लाख १७ हजार ७५० तोकिएको थियो।
बिहीबार तोलामा १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १ हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।