समाजिक फीड
महोत्तरी, पुस २७
महोत्तरीको मनरा सिसवा नगरपालिका–७ झिङगाथान पछबारी टोलमा लाखौंको धनमाल लुटपाट भएको छ ।
गएराति घरेलु हतियारसहित पाँच जनाको संख्यामा आएका नकाबधारी समूहले बैजु साहको घरमा लुटपाट गरको हो ।
समूहले घरका दुई जना महिला र चार जना केटाकेटीलाई कोठाभित्र थुनेर लुटपाट गरेको पीडितका नातेदार रैजु साहले बताए ।
पीडितका अनुसार आठ÷नौ तोला बराबरका सुन चाँदीका गहना, नगद ५० हजार गरी करिब १० लाखभन्दा बढीको धनमाल लुटपाट भएको हो ।
परिवारका तीन दाजुभाइ लामो समयदेखि वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएकाले महिला र नाबालक मात्र रहेको मौका पारी लुटपाट गरेको पीडित परिवारले बताए । दुई महिला घाइते समेत भएकी छिन् ।
यता, जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाका प्रहरी निरीक्षक लोककृष्ण दाहालले घटनास्थलमा प्रहरी परिचालन गरी अनुसन्धान भइरहेको बताए ।