Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
महोत्तरी, पुस २६ गते ।

महोत्तरी प्रहरीले गौशालामा दुई कठ्ठा गाँजा खेती नष्ट गरेको छ ।
गौशाला नगरपालिका ११ लक्ष्मीनिया टोल स्थित उखु खेतको बीचमा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको हो ।

विशेष सुराकीको आधारमा उखु खेतको बिच लगाएको गाँजा खेती कान्तिबजार प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बिहीबार नष्ट गरेको हो ।

गाँजाखेती फडानी गरी स्थानीय भरभलादमीको उपस्थितिमा नष्ट गरेको कान्ति बजार प्रहरीचोकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादवले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!