सामाजिक फीड
जकपुरधाम, पुस २६ गते ।
सिरहामा मिटरब्याज पीडितमाथि दुव्र्यबहारसंगै खुकरी प्रहारको प्रयास रामनारायण सिंहमाथि अभद्रव्यबहार मुदद्दा दर्ता भएको छ । सिरहाको कल्याणपुर नगरपालिका–८ अरङ टोलका संजयकुमार कामतीमाथि दुव्र्यबहार गर्दै खुकुरी देखाउने रामनारायण माथि अभद्रव्यबहार मुद्दा दर्ता भएको हो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाले रामनारायणमाथि अभद्र व्यबहारको मुद्दा दर्ता गरेको डिएसपी जितेन्द्र वस्नेतले जानकारी दिए । पीडित संजयले बुधबादर इलाका प्रहरी कार्यालयमा सिंहविरुद्ध दिएको अभद्र व्यबहार जाहेरी दिएका छन् ।
आज जिल्ला अदालत सिरहामा पक्राउ परेका सिंहमाथि म्याद थप गरिने छ । गत सोमबार मिटरब्याज पीडितले कब्जा गरेको घरमा प्रवेश गर्न खोजेपछि संजयमाथि छिमेक रामनारायणसहित उनका परिवार कुटपिट गर्दै खुकुरी देखाएका थिए ।