समाजिक फीड
जनकपुरधाम, पुस २५ गते ।
अवैध रूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा १७ वटा गाई, गोरु र बाच्छीलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्लाको गौर नगरपालिका–२ स्थित नेपालबाट अवैध रुपमा भन्सार छली गरि चोरी पैठारी गरी भारत तर्फ गाई र गोरु लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले नियन्त्रणमा लिइएकामध्ये गाई १० वटा, गोरु एउटा र बाच्छी ६ वटा रहेको रौतहटकी प्रहरी प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताइन् ।
चौपाया छाडी तस्कर भने फरार भएको गिरीले बताइन्। चौपायालाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा पठाइएको छ।