Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, पुस २५ गते ।

सप्तरीबाट एउटा स्कारपियो चोरी भएको छ ।

राजविराज नगरपालिका–९ स्थित बिहारपुर बस्ने शम्भु प्रसाद यादव ‘लाली’ को स्करपियो चोरी भएको प्रहरीले जनाएको छ ।

गएराति घर अगाडी पार्किङ गरी राखिएको बा १४ च २९२५ नम्बरको स्करपियो चोरी भएको हो ।

सोमवार राति जनकपुरको बस पार्कमा पार्किङ गरि राखिएको बस चोरी भएको घटना सेलाउन नपाउँदै स्कारपियो चोरी भएको हो ।

चोरले दलानको कोठाभित्र राखिएको स्करपियोको चाबी लिई स्करपियो लिएर भागेको हो ।

बुधवार स्कारपियो चोरी भएको भनी प्रहरीमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक ढुण्डीराज न्यौपानेले बताए ।

यद्दपी प्रहरीले यसबारे अहिलेसम्म कुनै क्लु फेला परेको छैन् ।

स्कारपियो खोजी कार्य भइरहेको डिएसपी न्यौपानेले समाजिक फीडलाई बताए ।

One Response

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!