Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, पुस २५ गते ।
धनुषाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको ट्रयाक्टरहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहिबार बिहान ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले तीनवटा ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।

क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित औरहि खोलामो अवैध रुपमा उत्खनन् गर्दै गरेको अवस्थामा ट्रयाक्टरहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्लाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार प्र २ ०२ ००१ त २०१२ नम्बरको एउटा र दुईवटा अनटेष्ट ट्रयाक्टरहरुलाई नियन्त्रणमा लिई प्रहरी कार्यालयमा ल्याइएको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!