Samajik Feed – News Portal from Nepal


समाजिक फीड
जनकपुरधाम, पुस २५ गते


बाक्लो हुस्सु र चिसो बढेपछि महोत्तरीका सामुदायिक विद्यालयहरु बन्द हुन थालेका छन ।


शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका पालिकाहरुले सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।


जलेश्वर, मनरासिस्वा , भङ्गहा, गौशाला, बर्दिबास नगरपालिका र पिपरा, एकडारा, सोनमा र सम्सी गाउँपालिकाले आफ्ना क्षेत्रका सम्पूर्ण विद्यालय बन्द गरेका छन् ।

बर्खे बिदाबाट कट्टा हुनेगरी चारदेखि आठ दिनसम्मका लागि विद्यालय बन्द गरिएको हो । चिसोबाट जनजीवन प्रभावित हुन थालेपछि विद्यालयमा पठनपाठन बन्द गरिएको जिल्ला शिक्षा तथा समन्वय एकाइ महोत्तरीका प्रमुख राजदेव यादवले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!