सामाजिक फीड-
जनकपुरधाम, पुस २४ गते ।
सिरहामा मिटरब्याज पीडितमाथि दुव्र्यबहारसंगै खुकरी प्रहारको प्रयास गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–८ अरङका स्थानीय रामनारायण सिंह छन् ।
छिमेक मिटरब्याज पीडित संजयकुमार कामतीमाथि दुव्र्यबहारसंगै खुकुरी प्रहारको प्रयास गर्ने सिंहलाई मंगलबार दिउँसो घरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र वस्नेतले जानकारी दिए ।
पीडितले उजुरी दिएपछि उनलाई कानुन बमोजिम कारबाही हुने डिएसपी वस्नेतले बताए ।
कल्याणपुर नगरपालिका वडा नं. ८ मझौराका मिटरब्याजी सुरेश पजियराले कब्जा गरी रामनारायण सिंह संग बेचिसकेको घरमा सोमबार दिउँसो संजय पस्न खोज्दा उनीमाथि कुटपिटसंगै खुकुरी प्रहारको प्रयास भएको थियो ।
पीडित संजयले मिटरब्याजी सुरेश पजियारका भाई दिनेश पजियार र रामनारायणमाथि जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेन सम्बन्धि उजुरी गत वैशाखमै दर्ता गराएका थिए ।