सामाजिक फीड-
जकपुरधाम, पुस २४ गते ।
सिरहामा एक मिटरब्याज पीडितमाथि कुटपिटसंगै खुकुरी प्रहारको प्रयास भएको छ । मिटरब्याजीले हत्याएर अरुसित बेचिसकेको घरमा पीडित पस्न खोजेपछि कुटपिटसंगै खुकरी प्रहारको प्रयास भएको हो ।
सिरहाको कल्याणपुर नगरपालिका–८, अरङका संजयकुमार कामतीमाथि कुटपिट दुव्र्यबहार गर्दै खुकुरी प्रहार प्रयास भएको हो ।
घरजग्गा खरिद गरिसकेका स्थानीय रामनारायण सिंहसहितकाले पीडित संजयमाथि सोमबार दिउँसो ३ बजे कुटपिट गर्दै खुकुरी प्रहारको प्रयास गरेका हुन् । रामनारायण सिंह र उनका छोरा शैलेन्द्र सिंह र भाई नितेश सिंहले कुटपिटसंगै खुकुरी प्रहारको प्रयास गरेको पीडितले बताएका छन् । ्
उक्त घटनाको भिडियो अहिले समाजकि संजालमा भाइरल भइरहेको छ । घटनाबारे प्रहरीलाई जानकारी गराएपनि अहिलेसम्म प्रहरीले उनीहरूलाई पक्राउ गरेको छैन । सिरहाका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेले दुबै पक्षलाई छलफलको लागि बोलाइएको बताए ।
संजयले २०७३ सालमा कल्याणपुर–८, मझाउका लेखापढी व्यवसायी सुरेश पंजियारसँग ३ लाख रुपैयाँ ऋण लिएका थिए । त्यसबापत पंजियारले कामतीसँग ४ लाख ८० हजार र ७ लाख ५० हजार गरी १२ लाख ३० हजारको दुई वटा तमसुक बनाए ।
आर्थिक रुपले विपन्न कामतीले ऋण तीर्न पैसा जोहो गरिरहेकै बेला पंजियारले अदालतबाट २०७८ सालमा १ बिघा एक कठ्ठा खेत, १ कठ्ठा ६ धुर घडेरी र एउटा घर गरी डेढ करोड बराबरको सम्पत्ति डाक लिलाम गराएका थिए ।
त्यसमध्ये सिंहले १० कठा खेत, १६ धुर घडेरी र घर साहु पंजियारसँग कौडीको भाउमा किनेका थिए । सोही विषयमा पीडित संजयले जिल्ला प्रशासन कार्यालय सिरहामा उजुरी दिएका छन् । तर, सुनुवाइ नभएपछि उनी बाध्य भएर आज आफै घर फिर्ता लिन त्यहाँ पुगेका थिए । रामनारायण पनि गाउँघरमा मिटरब्याजी ऋण लगानी गर्ने गरेको संजयले बताए । पैसा तिरेपनि आफ्नो पनि कपाली तमसुक फिर्ता नगर्दा उनले जिल्ला प्रशासन कार्यालय सिरहामा रामनारायणमाथि संजयले उजुरी दर्ता गराएका छन् । त्यस उजुरीमाथि दुईपटक छलफल भएर अहिले स्थगित गरिएको छ ।