सामाजिक फीड
जनकपुरधाम, पुस २४ गते ।
मधेश प्रदेशमा माछाको उत्पादन वृद्धि भएको छ ।
प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन मधेश प्रदेशक कितावमा गत अर्थिक वर्ष २०७९।०८० मा ४३ हजार ३ सय ८६ मेट्रिक टन माछा उत्पादन भएको उल्लेख छ ।
प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा ५.२७ प्रतिशतले माछा उत्पादनमा वृद्धि आएको हो । प्रदेशमा सबैभन्दा धेरै सिरहा जिल्लामा माछा उत्पादनमा वृद्धि भएको छ ।
आ.व. २०७९÷२०८० सालमा सिरहा जिल्लामा ३ हजार ७ सय ८८ मेट्रिक टन माछा उत्पादन भएको थियो । त्यस अघि आ.व. २०७८÷२०७९ सिरहा जिल्लामा ३ हजार २ सय ९४ मेट्रिक टन मात्र माछा उत्पादन भएको थियो ।
धनुषामा आ.व.२०७९÷२०८० मा ६ हजार २ सय ९५ मेट्रिक टन माछा उत्पादन भएको छ । आ.व. २०७८÷२०७९ मा धनुषामा ६ हजार २ सय ५५ मेट्रिक टन माछा उतपादन भएको थियो ।
यसै गरी आ.व.२०७९÷२०८० सप्तरीमा ३ हजार ४ सय मेट्रिक टन, महोत्तरीमा ५ हजार ७ सय ७ मेट्रिक टन, सर्लाहीमा ६ हजार १ सय १५ मेट्रिक टन, रौतहटमा ४ हजार ९ सय ५५ मेट्रिक टन, बारामा ९ हजार ५ सय ४६ मेट्रिक टन र पर्सामा ३ हजार ५ सय ३७ मेट्रिक टन माछा उत्पादन भएको छ ।