Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, पुस २३ गते ।

सर्लाहीको बरहथवा नगरपालिकाले सोमवार एकदिने शोक विदा दिएको छ ।

प्रहरीको गोली लागेर मृत्यु भएको स्थानीय युवा जयशंकर साहप्रति श्रद्दाञ्जलि व्यक्त गर्दै नगरपालिकाको कार्याल्यले विदा दिएको हो ।
नगरपालिका कार्यालय, वडा कार्यालयहरु, शैक्षिक लगायत नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी एवं गैरसरकारी संघ संस्थामा बिदा दिइएको नगरप्रमुख कल्पना कटुवालद्धारा जारी सूचनामा उल्लेख छ ।

बरहथवा नगर अस्पताल स्तरोन्नति विवादका क्रममा भएको विरोध प्रदर्शन अन्तर्गत गत शुक्रबार दिउँसो प्रहरीको गोली लागेर ३० वर्षीय साहको घटनास्थलमै मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!