सामाजिक फीड-
जनकपुरधाम, पुस २३ गते ।
सप्तरीको भारदहदेखि सुरु भएको चुरे संकल्प पद यात्रा जनकपुरधाम आइपुगेको छ । पद यात्रा तेश्रो दिन आइतबार साँझ जनकपुरधाम आइपुगेको हो ।
चुरे संरक्षण हुनुपर्ने सहितको सात सुत्रिय मागसहित गत पुस १९ गते सप्तरीको भारदहदेखि अभियानका संयोजक सुनिल यादवको नेतृत्वमा सुरु भएको पद सुरु भएको थियो ।
चुरे तथा वनजंगल संरक्षण अभियानले सात सुत्रिय मागसहित हुलाकी राजमार्गमा चुरे संकल्प पद यात्रा गरिरहेको छ । हुलाकी राजमार्ग हुँदै वीरगञ्ज पुगेपछि पद यात्रा समापन हुने छ । अभियानले अवैध नदी दोहन तत्काल बन्दसहितको सात सुत्रिय माग राख्दै आन्दोलनको गरिरहेको छ ।
अवैध नदी उत्खनन बन्द गर्नुपर्ने, वन क्षेत्रमा वाटर रिचार्जको लागि ड्याम बनाउनु पर्ने, संघीय सरकारद्वारा नदीजन्य पदार्थ विदेश निकासी गर्ने गरी ल्याइएको विधेयक तत्काल खारेज गर्नुपर्ने, वास्तविक भूमिहीन, सकुम्बासीको अधिकारका निम्ति प्रदेश सरकारले आवश्यक नीति निर्माण गर्नुपर्ने, मारुती सिमेन्टको वन क्षेत्रको जग्गाको लखग कट्टी गर्नुपर्ने, सिरसिया नदीलाई प्रदुषण र अतिक्रमा गर्ने उद्योगीहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्ने लगायतको सात सुत्रिय माग अभियानको रहेको छ ।