Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, पुस २२ गते ।

मधेश प्रदेशका एक मजदुरको भारतको पञ्जाबमा मृत्यु भएको छ ।

सेलर मिलमा काम गरिरहेका बरियारपट्टी गाउँपालिका–३ नवटोलीका पन्चा कामतको मृत्यु हो ।

तर आर्थिक अभावका कारण भारतबाट शव ल्याउन नकस्दा उनका परिवार थप पीडामा परेका छन् ।

बिहीबार साँझसम्म घर परिवारसँग कुराकानी गरेका कामतको मृत्यु कसरी भयो सो खुल्न नसकेको परिवारले बताएका छन् ।

बिहान बेलुका छाक टार्न मुस्किल भइरहेको बेला बुवाको शव कसरी ल्याउने भन्ने चिन्तामा परेको कामतका छोरा नथुनी कामतले बताए ।

उनले स्थानीय सरकारसँगै सहयोगी हातहरूलाई बुवाको शव ल्याउनमा सहयोग गर्न अपिल समेत गरेका छन् ।

पञ्चाका चार छोरी र एक छोरा छन् । कामत परिवारको गुजाराको लागि पाँच महिना अघि ठेकेदारको साथ लागेर भारत गएका थिए । कामतको मृत्यु खबरपछि ठेकेदार समेत फरार रहेको परिवारजनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!