Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, पुस २२ गते ।

सर्लाही बरहथवा तनावग्रस्त बनेपछि प्रशासनले पुनः कर्फ्यू आदेश जारी गरेको छ ।

शुक्रबार प्रहरीको गोली लागेर स्थानीय जयशंकर शाहको मृत्य भएको घटनापछि पीडित पक्षको माग पुरा नगरेको भन्दै स्थानीयले बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटुवालको घरमा ढुंगामुढा गरेपछि अवस्था तनावग्रस्त बनेको हो ।

अवस्था नियन्त्रणमा लिन प्रहरीले ८ सेल आश्रुग्यास प्रहार गरेको छ ।

नगरप्रमुख कल्पनाकुमारी कटुवालको राजीनामा, मृतकलाई शहीद घोषणा, मृतकको नामबाट प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको नामकरण हुनुपर्ने, बरहथवाका मेयरले राजिनामा दिनुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा स्तरोन्नति गरी ५० बेडको बनाउन मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्नेसहित माग राखेर स्थानीयले आफ्नै नियन्त्रणमा शव राखेका छन् ।

माग पुरा गर्न चासो नदेखाएको भन्दै स्थानीयले आज विहानैदेखि प्रदर्शन गर्दै ढुंगामुढा गरेका छन् । अवस्था शांन्त नभएपछि पुनः सो क्षेत्रमा आइतबार दिउँसो पौने १ बजेदेखि सोमबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए ।

बरहथवा नगरपालिका क्षेत्रमा विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनाको तोडफोड, आगजनी तथा हुलदंगा लगायतका कारण सार्वजनिक शान्ति सुरक्षा भंग हुन सक्ने देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को १ (क) (ख) र दफा ६ को (२) ९३०९४० बमोजिम बरहथवा नगरक्षेत्र ९उत्तर सोती÷चोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान० सीमा क्षेत्रभित्र कर्फ्यू लगाइएको हो ।

यसअघि शुक्रबार घटना पश्चात शनिबार बिहानसम्म कर्फ्यू लगाइएको थियो भने त्यसपछि निषेधाज्ञा जारी गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!