Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, पुस २२ गते ।

सर्लाहीको बरहथवामा जिल्ला प्रशासन कार्यालयको आदेश बिना निर्दोशमाथि गोली चलाएको आरोप लागेका प्रहरी जिल्ला तानिएका छन् ।

इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाही तानिएको प्रहरीले जनाएको छ ।

सर्लाहीका प्रहरी प्रमुख प्रविण धितालका अनुसार आन्दोलनकारीमाथि उनैले गोली चलाएको आरोप लगाएपछि उनलाई जिल्ला तानेर घटनाको छानबिन थालिएको हो ।

गत शुक्रबार बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवक जयशंकर साहको मृत्यु भएको थियो ।

मृतक युवक सर्लाही होटेलका संचालक तथा कुखुरा दानाका होलसेव विक्रेता थिए ।

आन्दोलनकारीले हतियार थुन्ने बेला वरिष्ठ हवल्दार यादवको बन्दुक पड्केर गोली चलेको हुन सक्ने प्रहरीको दाबी छ ।

मृतक परिवार र आन्दोलनरत पक्षले भने वरिष्ठ हवल्दार यादवले रिसीबी साध्न निर्दोष जयशंकरलाई जानेर गोली दागेर मारेको दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!