Samajik Feed – News Portal from Nepal

समाजिक फीड-

जनकपुरधाम, पुस २२ गते ।

अनलाइनमार्फत ठगीको आरोपमा जनकपुरका एकजनालई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१४ का भाग्य नारायण यादव रहेका छन् ।

२१ वर्षीय यादवलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार यादव काठमाडौँस्थित जडिबुटी बस्दै आएका थिए । पीडितको मोबाइलमा अननोन सोर्स भएको युआरएल लिंक म्यासेज पठाएर सो लिंकबाट बैंक खातामा पहुँच बनाएर ठगी गरेको यादव माथि आरोप छ ।

एसपी रेग्मीका अनुसार बैंक खातामा पहुँच बनाएर आरोपीले मौज्दात रकम अन्यत्र बैंक खाता तथा वालेटमा ट्रान्सफर गरेर ठग्ने गरेका थिए ।
थप अनुसन्धानका लागि यादवलाई जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको एसपी रेग्मीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!