Samajik Feed – News Portal from Nepal

समाजिक फीड-

जनकपुरधाम, पुस २० गते ।

प्रादे्शिक अस्पताल जनकपुरमा नेपालमै पहिलो पटक किड्नी माथिको ठूलो ट्युमरको सफल शल्यक्रिया भएको छ ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रोफेसर तथा युरोलोजीस्ट डा. सुधिर सिंहको नेतृत्वको टोलीले करिब २ किलो ६ सय ग्रामको ट्युमर निकालेका हुन् ।

भरतपुर क्यान्सर अस्पताल देखि लिएर भारतको विभिन्न ठाउँमा उपचारका लागि पुगेका जनकपुरधाम उपमहानगरपालिका वार्ड नं २४ बसहियाका ३५ वर्षीय रामतोला देवीको टयुमर निकालिएको हो ।

पैसा नभएकै कारण उनले लामो समयदेखि उपचार गराउन सकेकी थिइनन् ।

‘अस्पतालमा लाखौ रुपैँया माग्थ्यो । तर खर्च गर्न सक्ने अवस्था मेरो थिएन् । कयौं अस्पतालबाट उपचारै नहुने जवाफले मलाई त अब मर्छु जस्तो लागेको थियो,’ रामतोलाले भनिन् ।

शल्यक्रिया टिमको नेतृत्व गरेका डा. सिंहले यस किसिमको शल्यक्रिया नेपालमै पहिलो पटक भएको दाबी गरे ।

‘बिरामीको ट्युमर किडनीसंगै टाँसिएको थियो, तर हामीले किडनीलाई समेत बचाउँदै ट्युमरलाई निकाल्न सफल भएका छौ’, उनले भने ।

नेपालमै पहिलो पटक भएको कारण मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ठूलै उपलब्धि रहेको रजिष्ट्रार डा. विनोद यादवले बताए । शल्यक्रिया टोलीमा डा. सिंहसंगै डा. नविन साह, डा.अमित कर्ण, डा.संजय यादव र ओटीका सहभागिता थियो ।

3 Responses

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!