समाजिक फीड
जनकपुरधाम, पुस १९ गते ।
हुलाकी राजमार्ग अन्तर्गत बागमती नदीमा अलपत्र निर्माणधीन बडहर्वा पूल अविलम्ब बनाउन माग गर्दै स्थानीयहरु दोस्रो दिन पनि धर्ना बसेका छन् ।
रौतहटको गौर–चन्द्रपुर सडक खण्डको बम नहर सडकमा स्थानीयहरु धर्नामा बसेका हुन् ।
प्रदेश सांसद नागेन्द्र साहको नेतृतवमा धर्ना बसेका स्थानीयले पुल निर्माण सम्पन्न नभएसम्म धर्ना जारी राख्ने बताएका हुन् । धर्नाको कारण पूर्व पश्चिम राजमार्ग जोड्ने गौर चन्द्रपुर सडक अवरुद्ध छन् ।
दुर्गा भगवती गाउँपालिका ५ बडहर्वा स्थित बागमती नदीमा निर्माणाधीन बडहर्वा पूल बिगत १३ वर्षदेखि अलपत्र छन् ।
२०६७ सालमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल तथा भौतिक निर्माण तथा यातायात मन्त्री विजयकुमार गच्छदारले संयुक्त रुपमा उक्त पूलको शिलान्यास गरेका थिए ।
निर्माण कार्यले गति नलिदा स्थानीयहरु पटक पटक सम्बन्धित निकायमा ध्याणाकर्षण गराउँदै आएको प्रदेश सांसद साहले बताए ।
तर पनि समयमा नबन्दा बाध्य भएर स्थानीयबासी धर्ना बस्न बाध्य भएको स्थानीय समेत रहेका नेपाली काँग्रेस मधेश प्रदेश प्रदेशका प्रचारविभाग प्रमुख नितिश गुप्ताले बताए ।