फाएजा फहमिदा
जनकपुरधाम, पुस १९ गते ।
मधेश प्रदेशमा सवारी खरिदमा व्यापक कमी आएको छ ।
यातायात व्यवस्था कार्यालय मधेश प्रदेशका अनुसार गत वर्षको तुलनामा २३.५० प्रतिशतले नयाँ सवारी दर्तामा कमी आएको हो ।
जसमध्ये मोटरसाइकलको नयाँ दर्ता संख्यामा २५.८८ प्रतिशतले ह्रास आएको छ ।
यातायात कार्यालयका अनुसार गत आर्थिक वर्षमा असार मसान्तसम्म १ लाख २ हजार २८ वटा नयाँ सवारी दर्ता भएको छ ।
जबकी २०७९ सालमा असार मसान्तसम्म १ लाख ३३ हजार ३ सय ६४ वटा सवारी दर्ता भएको थियो ।
२०८० सालको असार मसान्तसम्म ८७ हजार ३ सय ३९ मोटरसाइकलको नयाँ दता भएको छ ।
जबकी २०७९ सालमा असार मसान्तसम्म १ लाख १७ हजार ८ सय ४० वटा मोटरसाइकल दर्ता भएको थियो ।
गत आर्थिक वर्षमा १४ हजार ६ सय ८९ वटा अन्य सवारी साधन दर्ता भएको छ ।
जबकी २०७९ सालमा असार मसान्तसम्म १५ हजार ५ सय २४ अन्य सवारी साधन दर्ता भएको थियो ।