सामाजिक फीड–
जनकपुरधाम, पुस १९ गते ।
क्रूर यातना दिएर हत्या गरि फरार भएका महोतरीको सम्सी गाउँपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका २ पर्सा बस्ने ४२ वर्षीय प्यारे भन्ने शेष जसाउदिन रहेको प्रहरीले जनाएको छ। उनले २०७९ साल पुस ६ गते अब्दुस सलामको पसलमा काम गर्न राखेका स्थानीय मो। खुर्सेद अन्सारीलाई गालीगलौज गर्दै ज्यानै मार्ने नियतले क्रुर यातना दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलिप गिरिले बताए ।
उनका अनुसार घटनामा संलग्न रही फरार रहेकोमा मंगलबार दिउँसो सम्सी ६ बजार स्थितमा लुकीछिपी रहेको अवस्थामा शेषलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका जलाउदिनलाई इलाका प्रहरी कार्यालय गौशालामा राखी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।