समाजिक फीड-
जनकपुरधाम, पुस १८ गते ।
विभिन्न मुद्दामा दोषि करार भई फरार रहेका ३ जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारा जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद जरिवाना तोकिएपछि फरार रहेका तीनजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेका अनुसार पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दा, ज्यान मार्ने उद्योग र लागुऔषध मुद्दामा फरार भएका व्यक्तिहरु हुन् ।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–१२ का ५० वर्षीय फुलेना साह गोठ, वडा नम्बर १ बस्ने २५ वर्षीय सजाद हवारी र महागढिमाई नगरपालिका–६ बस्ने ५१ वर्षीय मुसाफिर प्रसाद यादव रहेको डिएसपी न्यौपानेले बताए ।
गोठलाई अदालतले ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष कैद र २० हजार जरिवाना तोकेको छ ।
हवारीलाई लागु औषध मुद्दामा ४ बर्ष ९ महिना १८ दिन कैद र ३ लाख ७५ हजार रुपैँया जरिवाना तोकेको हो ।
त्यसैगरि यादवलाई कर्तव्य ज्यान मुद्दामा १५ सय रुपैँया जरिवाना सुनाइएको थियो ।