समाजिक फीड
जनकपुरधाम, पुस १८ गते ।
मधेश प्रदेशको पर्सा जिल्लाबाट बिलबिजक भन्दा बढी समानहरु लोड रहेको तीनवटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
१ करोड ८९ लाख ९७ हजार २८७ रुपैँया बराबरको औषधी तथा खुद्रा समान बोकेको ट्रक वीरगंजको प्रतिमा चोक सडकखण्डबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
गोप्य सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा प्रहरीले वीरगन्जबाट कैलाली, सुनसरी तथा काठमाडौँतर्फ जाँदै गरेका ना ४ ख ८३९८, ना ३ ख ४९४९ र एनएल ०१ जी १८८६ नम्बरको ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
उनका अनुसार सरसमान सहित तीनवटै ट्रकलाई बुधवार अनुसन्धान तथा थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको डिएसपी थापाले बताए ।