Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस १८ गते ।


बारा । विद्युत ट्रान्सफर्मर चोरी गरेको आरोपमा बारा प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्ला विन्धवा सोनीमा ग्राम बस्ने २२वर्षीय जैसिलाल यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

विद्युत ट्रान्सफर्मरको सामानसहित यादवलाई पचरौता नगरपालिका(५ टियर खोलामा लुकाइछिपाइ राखेको अवस्थामा पक्राउ गरेको हो।

गत मंसिर १४ गते नेपाल विद्युत प्राधिकरणले सिम्रौनगढ नगरपालिका वडा नं।०३ श्रीनगर बैरियाबाट र २३ गते पचरौता नगरपालिका(५ बेल्दारी स्थित जडान गरेको ट्रान्सफर्मर चोरी भएको थियो।

बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले सूचना प्राप्‍त हुनासाथ ट्रान्सफर्मर र चोरलाई खोजलतास गर्दै जाने क्रममा ट्रान्सफर्मरको सामानसहित यादवलाई पक्राउ गरिएको जानकारी दिए।

यस सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको न्यौपानेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!