Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, पुस १७ गते ।
जनकपुरधाममा दोस्रो अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

माघ १२ गते देखी जनकपुर स्पोर्टस् क्लव र नेपाल भिजनको आयोजनामा बाह्रविघा मैदानमा प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तर्राष्ट्रिय मान्यता अनुसार हुने संयोजक अम्भुप्रसाद साहले जानकारी दिए । यस प्रतियोगितामा धनुषा जिल्लाको सरकारी तथा नीजि विद्यालयहरुको सहभागिता रहने उनले बताए । स्थानिय स्त्तरबाट खेलाडी उत्पदान गर्ने उद्देश्यले प्रत्येक वर्ष प्रतियोगिता गराउन लागेको उनले बताए ।

यस्ता प्रतियोगिताले खेल र खेलाडीको विकासमा मद्दत पुग्ने उनको विश्वास छ ।

प्रतियोगिताको विजेता÷उपविजेता टिमलाई आकर्षक ट्रफी दिइने आयोजक संस्थाका अर्का प्रतिनिधि प्रसान्त झाले जानकारी दिए । उनका अनुसार म्यान अफ द सिरिज, इर्मजिङ प्लेयर, बेस्ट बलर÷ब्याटस् म्यान÷बेस्ट किपर÷बेस्ट फिलडर र म्यान अफ दी म्याच दिएर खेलाडीहरुलाई प्रोत्साहन गरिने छन् ।

प्रतियोगिताको निर्देशक हिरा भगत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!