सामाजिक फीड-
जनकपुरधाम, पुस १७ गते ।
बारा प्रहरीले बिलबिजक कम बनाएर २ करोड भन्दा बढी मूल्यको सामान राजस्व छली गरेर ल्याइएको सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।
पथलैया चोकमा चेकजाँच गर्ने क्रममा प्रहरीले वीरगन्ज भन्सारबाट काठामाडौँ तर्फ जाँदै गरेको ना।४ ख ८३५८ नं ट्रक नियन्त्रणमा लिएको हो ।
आइतबार राती १० इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले सामान नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको ट्रकमा ९३ लाख ३६ हजार ६३ रुपैयाँ मूल्य बराबरको खुद्रा सामान रहेको जिल्ला प्रहरी कार्यालय बाराले सोमबार सार्वजनिक हरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले सो गाडीमा लत्ताकपडा, कस्मेटिक र मोर्टस् पार्टस भएको बताए का छन् ।
‘अन्डर बिलिङको सामान भएकोले हामीले गाडी यस्तै, अम्लेखगञ्ज प्रहरीले बिलबजक भन्दा बढिको सामान रहेको आशङ्कामा चार वटा भारतीय नम्बर प्लेटको ट्रकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले जितपुरसिमरा वडा नं २१ बाट पीबी १३ बीडी ९१८८, एचआर ४५ सी ९६८०, डब्लुबी २३ सी २८७३ र डब्लुबी ०३ डी २५१६ नम्बरको भारतीय ट्रकबाट बिल विजकभन्दा बढी हार्डवेयर सामग्रीहरू बरामद गरेको हो ।