Samajik Feed – News Portal from Nepal

रौतहट, १७ पुष । रौतहटमा गएराति तेल बोक्ने ट्यांकरले अटो गाडीलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। अन्य ६ जना घाइते भएका छन् ।

चन्द्रनिगाहपुरस्थित चिडिया दहचोकमा ज. १ झ ४४८५ नम्बरको ट्यांकरले प्रदेश २-०३-००१ ख १९२७ नम्बरको अटो गाडीलाई ठक्कर दिएको हो ।

दुर्घटनामा ४० वर्षीया पिंकु सिंह र २० वर्षीय अब्देश रामको मृत्यु भएको प्रहरीले जनाएको छ। उपचारका क्रममा उनीहरूको मृत्यु भएको पनि प्रहरीले जनाएको छ ।

अन्य घाइतेहरूको अवस्था सामान्य छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *