२५ असोज, जनकपुरधाम। देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यात गर्ने गरिन्छ । यस वर्ष नेपाल बाट १ अर्ब ३० लाख युनिट विद्युत भारतमा निर्यात गरिएको छ। जसमा नेपाललाई ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ आम्दानी भएको खबर आएको छ।
१९ गते जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिधुतको बिक्री सुरु गरेको थियो |
