सामाजिक फीड-
जनकपुरधाम, पुस १४ गते ।
सिरहाबाट श्रोत नखुलेको ८ लाख रुपैयाँसहित दुई युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सिरहाको बरियारपट्टीबाट बरियारपट्टि गाउँपालिका ३ बरियारपट्टीका १९ वर्षीय ओमनाथ नारायण मण्डल र धनगडीमाई नगरपालिका ७ का १९ वर्षीय ओम प्रकाश महतोलाई सशस्त्र प्रहरीले पक्रेको हो ।
भारतबाट नेपाल तर्फ साईकलमा आउँदै गरेको अवस्थामा दुबैजनालाई सशस्त्र प्रहरीको टोलिले चेकजाँच गर्दा स्रोत नखुलेको रकम पाइएपछि पक्राउ गरेको जनाएको छ ।
दुवै जनालाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय माडर सिरहामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।