Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, पुस १४ गते ।

सिरहामा नदीजन्य पदार्थको अवैध तरिकाले दोहनमा संलग्न रहेको आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् ।
कर्जन्हा नगरपालिका– १ का अध्यक्ष फणीन्द्रप्रसाद पोखरेललाई जिल्ला डिभिजन वन कार्यालयले पक्राउ गरेको हो ।

डिभिजन वन कार्यालयका अनुसार चुरे तथा वन क्षेत्रमा ढुङ्गा, गिट्टी र बालुवा उत्खननमा ऐन, कानुन विपरीत सिफारिस गरेको आरोपमा वडाधयक्ष पोखरेललाई शुक्रबार साँझ पक्राउ गरिएको हो ।

पुस ७ गते वनले कर्जन्हा नगरपालिका– १ बल्टियास्थित चुरे वन क्षेत्र भित्रको कमला नदीको बगरमा अवैध रूपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन भइरहेको अवस्थामा एक्स्काभेटरसहित चालक प्रदीपकुमार दर्लामी र स्थानीय ठेकेदार नीरज बस्नेतलाई नियन्त्रणमा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!