Samajik Feed – News Portal from Nepal

२५ असोज, जनकपुरधाम। स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले यहि कात्तिक २ र ३ गते भिटामिन “ए” क्याप्सुल र जुकाको औषधि खुवाइने जनाएको छ। भिटामिन “ए” को औषधि ६ देखि ५९ महिनाका बालबालिकाहरुलाई खुवाइने गरिन्छ।

यस्तै १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने विभागले जनाएको छ। २७ लाख बालबालिकाहरुलाई भिटामिन ए र २३ लाख ९३ हजार बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाईने महाशाखाले जनाएको छ ।

यो कर्यक्रम कार्तिक २ र ३ गते पुरै देशभारिमा हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *