सामाजिक फीड-
जनकपुरधाम, पुस १३ गते ।
मिटरब्याज पीडितहरुले जिल्ला प्रशासन कार्यालय सिरहामा हुने छलफ बहिस्कार गर्ने भएका छन् । प्रहरी प्रशासन मिटरब्याजीबाट प्रभावित भइ पीडितहरुको विपक्षमा देखिने गरेको भन्दै मिटरब्याज पीडितहरुले छलफलमा नबस्ने निर्णय गरेको हो ।
बिहीबार सिरहामा बसको संर्ष समिति सिरहाको बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयहरुमा अनुचित लेनदेन तथा (मिटरब्याज) सम्बन्धि पीडक र पीडित पक्ष बसेर उजुरी उपर छलफल गरी किनारा लगाउने गरिन्छ ।
‘पीडितको घरमा आगो लगाउने, लागूऔषधको कारबारी रहेको भनेर फसाउने, जग्गा हडपिने, लगाएको बालिनाली नष्ट गरिदिने, न्यायलय परिसरमा गालीगलौजत तथा कुटपिट गर्ने, कानुन संवत व्याज नलिइ चर्को ब्याज लिने जस्ता जघन्य अपराधमा समेत प्रहरी प्रशासन मुकदर्शक भएर सिडीओ र सुरक्षा निकाय बस्ने गरेको छ’ निर्णयमा अगाडी उल्लेख गरिएको छ ‘यही अवस्थामा हामी प्रजिअ र सह प्रजिअको रोहबरमा हुने छलफल पूर्ण रुपले बहिस्कार गर्ने र्णिय गरेका छौं’