Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस १२ गते ।

महोत्तरीमा ४० कठामा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको छ । एकडारा पालिका–५ बहेरामा दुई विघामा लगाइएको अवैध गाँजा खेती जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट पुगेको २५ जनाको प्रहरी टोलिले बिहीबार नष्ट गरेको हो ।

दुई विघा जग्गामा लगाइएको अन्दाजी ४० हजार गाँजाको बोट फडानी गरी स्थानीय भरभलादमीको उपस्थितिमा नष्ट गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले गिरीले जानकारी दिए । गाँजा खेती कसकसले गरेको थियो भन्ने विषयमा अनुसन्धान गरिरहेको डिएसपी गिरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!