Samajik Feed – News Portal from Nepal

समाजिक फिड
जनकपुरधाम, पुस १२ गते

सर्लाहिमा डरत्रास देखाएर जबर्जस्ति व्यपारी सँग चन्दा असुल गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पूर्वपश्चिम राजमार्गमा पर्ने हरिवन नगरपालिका(११ को बजार क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए।

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका( ७ घर भएका ४५ वर्षीय चेतनाथ अधिकारी र रौतहटको चन्द्रपुर नगरपालिका( १ घर भएका ५० वर्षीय राजु हाडा छन्।
उनीहरुको साथबाट महासचिव महावीर, नेकपा ९माओवादी० लेखिएको चन्दा रसिदको चारवटा प्याड बरामद गरिएको गिरीले जानकारी दिए।

भनेजति चन्दा नदिए जे पनि गर्न सक्ने धम्की दिँदै उनीहरुले व्यापारीहरुलाई डरत्रास देखाएर चन्दा असुल्दै आएको दाबी प्रहरीले गरेको छ।‘पक्राउ परेका दुबैलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी निरीक्षक गिरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *