सामाजिक फीड-
जनकपुरधाम, पुस १२ गते ।
सिरहामा खुन डाँका मुद्दामा जन्मकैदको सजाय पाएपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पाँचवर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका १२ बेल्हा बस्ने वर्ष ५६ का मो. ईब्राहिम मिया रहेका छन् ।
फरार रहेका मियालाई गोप्य सूचनाको आधारमा मंगलबार सिरहा नगरपालिका ७ अस्पताल स्थितबाट पक्राउ गरेर बुधबार जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
खुन डाँका मुद्दामा मियालाई उच्च अदालत जनकपुर राजविराजले १८ पुस २०७५ मा २० वर्ष (जन्मकैद)को सजाय फैसला सुनाएको थियो । अदालतको आदेशमा मियालाई कैद भुक्तानको लागि बुधबार नै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।