Samajik Feed – News Portal from Nepal

समाजिक फिड-

जनकपुरधाम, पुस ११ गते ।

सिराहाको मिर्चैयामा महिलासँगै होटलमाबसेका एक पुरूषको मृत्यु भएको छ ।

कटारी चोकमा रहेको ओखलढुङ्गे होटलमा बुधबार दिउँसो कल्याणपुर नगरपालिका वडा नम्बर २ का ४० वर्षीय मुकेशप्रसाद कर्ण मृत फेला परेका हुन्।

हृदयघातका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार ती पुरूष होटलको कोठामा अचेत भएपछि सँगै रहेकी महिलाले होटल सञ्चालकलाई खबर गरेकी थिइन्।

ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। यद्दपी प्रहरीले ती महिलाको परिचय भने खुलाएको छैन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!