Samajik Feed – News Portal from Nepal

समाजिकफिड

जनकपुरधाम, पुस ८ गते ।

बाराबाट प्रहरीले अबैध प्याज सहित पिकअप नियन्त्रणमा लिएको छ ।

सिमरा उपमहानगरपालिका वडा नम्बर -७ स्थित जितपुरबाट प्रहरीले शनिवार ६० बोरा प्याज नियन्त्रणमा लिएको हो ।

बिरगंजबाट चितवनतर्फ जादै गरेको प्र.२०३–००९ च ६२०३ नम्बरको पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा बिलबिजक भन्दा बढिको करिब ३ सय किलो प्याज नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

श्रोत खुलाउन नसकेको १ लाख ८१ ह्जार रुपिया बराबरको प्याज र पिकअप नियन्त्रणमा लिइ आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!