Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस ४ गते ।

सिरहामा नदीको अवैध दोहन गरेको अभियोगमा प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध जिल्ला अदालत सिरहामा मुद्दा दायर भएको छ । कानून विपरीत खोला ठेक्का लगाएर ढुङ्गा, गिट्टी, वालुवा उत्खन्न गरे÷गराएको अभियोगसहित धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतोसहित १८ जनाविरुद्ध डिभिजन वन कार्यालय लहान सिरहाले मुद्दा दायर गरेको हो ।

धनगढीमाई नगरपालिका १२ र १३ स्थित सर्रे खोला सामुदायिक वन क्षेत्र भित्रबाट विना इजाजत अन टेस्ट एक जेसीबी र ७ वटा ट्याक्टर प्रयोग गरी अनियमित तबरबाट ढुङ्गा, गिट्टि, वालुवा उत्खनन् गरिरहेको अवस्थामा मंसिर १५ गते उनीहरुलाई वनसहित प्रहरीको टोलिले पक्राउ गरेको थियो ।

पक्राउ परेका अभियुक्तहरु मंजित कुमार यादब, फुलकुमार यादब, संदिप कुमार यादब, राम कुमार यादब, अरविन्द किशोर यादब, ईन्द्रजित महतो, रमन किशोर यादब, पुरुषेत्तम यादब तथा अनुसन्धानबाट खुलेका जेसीबी धनी वद्रि यादव, ट्रयाक्टर धनीहरु अजित पासवान, रधुनाथ कुमार महतो, विमल अधिकारी, सरोज कुमार यादब, राकेश यादब, हरी नेपाली र धनगढीमाईकाको कार्यालय, प्रमुख प्रशाशकिय अधिकृत महतो, प्रशासन शाखा सहायक रंजित कुमार सिंह र वरुण कन्सट्रक्न, धनगढीमाई नगरपालिकाका प्रो. निलम कुमारी यादव उपर आरोप पत्र दायर गरिएको वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चोधरीले जानकारी दिए ।

उनीहरुमाथि वन नियमावली, २०७९ को नियम ३०(५) र वातावरण संरक्षण ऐन, २०७६ को दफा ३(ख) वमोजिम तथा ढुङ्गा, गिट्टि, वालुवा उत्खनन्, विक्री तथा व्यवस्थापन सम्वन्धी मापदण्ड, २०७७ को दफा ४(ख) र ६(३) वमोजिमको प्रकृया पुरा नगरी ठेक्का लिई लगाई अबैध ढुङ्गा, गिट्टि तथा वालुवाको उत्खनन् गर्ने गराउने कार्यमा संलगन रहेको अनुसन्धानबाट खुलेकोले १ लाख ५७ हना। ८१५ रुपैयाँ बराबरको हानिनोक्सानी विगो दावी गरिएको छ ।
वन ऐन, २०७६ को दफा ४९(झ) वमोजिम कसुरमा सोही ऐनको दफा ५०(६)(ड.) वमोजिम सजाय हुन र बोझबाहकको हकमा सोही ऐनको दफा ६८(१) वमोजिम जफत हुन तथा फरार प्रतिवादीको हकमा अदालतबाटै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७ वमोजिम हुन समेतको मागदाबी डिभिजन वन कार्यालय, लहानले मुद्दा दायर गरेको आरोप पत्रमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!