सामाजिक फीड-
जनकपुरधाम, पुस ४ गते ।
सरकारले उखुको खरिद मूल्य प्रतिक्वीन्टल ५६५ रुपैयाँ तोकेको छ । बुधबार बिहान बसको मन्त्रिपरिषद् बैठकले उखुको खरिद मूल्य प्रतिक्वीन्टल ५६५ रुपैयाँ निर्धारण गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनका अनुसार अनुदानसहित भने किसानले प्रति क्वीन्टल ६३५ रुपैयाँ पाउने छन् ।
अब उद्योगहरूले प्रति क्विन्टल ५६५ रुपैयाँका दरले उखु खरिद गर्ने र सरकारले किसानलाई थप ७० रुपैयाँ अनुदान दिने उनले जानकारी दिइन् ।