सामाजिक फीड-
जनकपुरधाम, पुस ४ गते ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको अमलेखगञ्जमा बस र ट्रक एक आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । अन्य २७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षीय हरि शम्शेर र अर्का एक पुरुषको मृत्यु भएको बारा प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
आज बिहान झापाको काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज ३ नम्बर पुलमा ठोक्किएर दुर्घटना भएको हो ।
उनीहरुको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइतेहहरूको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।