सामाजिक फीड-
जकपुरधाम, पुस २ गते ।
सीताराम विवाहपञ्चमी मेलामा आएका श्रद्धालुभक्तजनको चापलाई लक्षित गरी दुईदिनका लागि भंगहासम्मको रेल सेवा बन्द भएको छ । त्यसैगरी जकपुर जयनगर सेवा बिना तालिका आज र भोलि संचालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
कम्पनीका प्रवन्धक निरञ्जन झाले आइतबार नै एक सूचना जारी गर्दै भंगहा खण्डमा रेल सेवा बन्द तथा जनकपुरबाट जयनगर अन्टामइमली संचालन हुने जानकारी गराएका छन् ।
‘विवाहपञ्चमी महोत्सव २०८० मा जनकपुर आउने र फर्कने तिर्थ यात्रीहरुको अत्यधिक चापलाई मध्यनजर राखी भोली मिति २०८०/०९/०२ गते सोमवारका दिन संचालनमा रहेका २ वटै ट्रेन सेट जनकपुर जयनगर खण्डमा अनटाईमली संचालन गर्ने गरी व्यवस्था मिलाईएको’ सूचनामा अगाडि लेखिएको छ ‘..मिति २०८०/०९/०३ गते विहान भंगहाबाट जनकपुर तर्फ आउने रेल सेवा स्थगित गरीएको हुँदा यसबाट यात्रुमहानुभावहरुलाई पर्न जाने असुविधाको लागि क्षमापार्थी छौ, साथै मिति २०८०/०९/०३ गते बेलुका देखि जनकपुर भंगहा खण्डमा पूर्ववत नियमित रुपमा रेल सेवा संचालन हुने व्यहोरा समेत सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरो छ ।’
भंगहादेखि जयनगरसम्म दिउँसो आउने र जाने गरी दुईपटक र जनकपुरबाट आउने जाने गरी चारपटक रेलसेवा नियमित संचालन हुँदै आएको छ ।