Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, मंसिर २५ गते ।

चुरे तथा वनजंगल संरक्षण अभियानले नदीको दोहन तत्काल बन्दसहितको सात सुत्रिय माग राख्दै आन्दोलनको घोषणा गरेको छ । अभियानका अध्यक्ष सुनिलकुमार यादवले सोमबार जनकपुरमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेका हुन् ।

उनका अनुसार पुस ५ गते जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र बुझाउने, पुस ११ गते वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशमा विरोध जुलुस प्रदर्शन गर्दै ध्यानाकर्षण पत्र बुझाउने, १२ गते विरोध प्रदर्शन गर्दै मधेश प्रदेश प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाउने रहेको छ । त्यस्तै पुस १३ गते मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा विरोध प्रदर्शन गर्दै ज्ञापन पत्र बुझाउने र पुस १७ गते सप्तरीको सप्तकोशी व्यारेजबाट हुलाकी राजमार्ग हुँदै पर्साको वीरगञ्जसम्म चुरे संकल्प पद यात्रा गर्ने अध्यक्ष यादवले बताए ।

यतिमा माग सम्बोधन नभए थप कडा संघर्षको कार्यक्रम घोषणा गर्ने उनले चेतावनी दिए ।
अवैध नदी उत्खनन बन्द गर्नुपर्ने, वन क्षेत्रमा वाटर रिचार्जको लागि ड्याम बनाउनु पर्ने, संघीय सरकारद्वारा नदीजन्य पदार्थ विदेश निकासी गर्ने गरी ल्याइएको विधेयक तत्काल खारेज गर्नुपर्ने, वास्तविक भूमिहीन, सकुम्बासीको अधिकारका निम्ति प्रदेश सरकारले आवश्यक नीति निर्माण गर्नुपर्ने, मारुती सिमेन्टको वन क्षेत्रको जग्गाको लखग कट्टी गर्नुपर्ने, सिरसिया नदीलाई प्रदुषण र अतिक्रमा गर्ने उद्योगीहरुलाई कारबाहीको दायरामा ल्याउनु पर्ने लगायतको सात सुत्रिय माग अभियानको रहेको छ ।

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *