सामाजिक फीड-
जनकपुरधाम, मंसिर २५ गते ।
सर्लाही र सिरहा प्रहरीले अवैध गाँजा खेती फडानी गरेको छ । सर्लही प्रहरीले पाँच विघा जग्गामा लगाइको अवैध गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको हो ।
सर्लाहीको ईश्वरपुर नगरपालिका १२ पिपलदमार डाँडापाखामा गरिएको पाँच विघा अवैध गाँजा खेती सर्लाही प्रहरीले आइतबार प्रहरीले नष्ट गरेको हो ।
सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पंजियार थारुको कमाण्डमा गएको २ जनाको टोलीले गाँजा फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यस्तै सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानमा अवैध रुपमा लुकाएर लगाइएको गाँजाको १५ सय बोट आइतबार नष्ट गरेको छ । सिरहा सदरमुकाम, लहान, मिर्चौया, कर्जन्हा, धनगढीमाई लगायत स्थानमा लुकिचोरी लगाएको १५ सय गाँजाको बोट फडानी गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए ।