सामाजिक फीड-
जनकपुरधाम, मंसिर २३ गते ।
सिरहामा ट्याक्टर पल्टिँदा काका र भतिजको घटनास्थलमै ज्यान गएको छ ।
मृत्यु हुनेमा सिरहाको औरही गाउँपालिका २ तुल्सीपुरका ४० वर्षीय सुरेन्द्र यादव र उनकै भतिजा ७ वर्षीय चन्दन यादव छन् ।
शनिबार दिउँसो खेत जोतेर फर्किने क्रममा गागन नदीको तटबन्धबाट स १ त ७४५८ नम्बरको ट्र्याक्टर पल्टिँदा ईन्जिनमा च्याम्पिएर दुबैजनाको मृत्यु भएको स्थानीय रामबाबु यादवले जानकारी दिए ।
ट्याक्टरमै चढेका रञ्जन यादव घाइते भएको छन् ।
दुर्घटनापछि प्रहरीले घटनास्थलमा मुचुल्का तयार पारी मृतक काका–भतिजाको शव पोस्टमार्टमका लागि सिरहा प्रादेशिक अस्पताल राखेको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।