सामाजिक फीड –
जनकपुरधाम, मंसिर २३ गते ।
रौतहटमा एघार हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा हलोले खेत जोतिरहेका किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा माधवनारायण नगरपालिका- ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन् ।
हलो जोतिरहेका एक गोरु पनि मरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक झलक शर्माका अनुसार बिहान ११:४५ बजेको समयमा हलो जोतिरहेका पण्डितमाथि ११ हजार भोल्टको तार चुडेर खसेर घटनास्थलमै मृत्यु भएको हो । अहिले घटनास्थलमा प्रहरीले मुचुल्का गरिरहेको छ।
प्रहरीका अनुसार त्यो स्थानको तनरमा पहिलेदेखि नै सर्ट जस्तो भएर आगो बल्ने गरेको थियो । स्थानीयले विद्युत् प्राधिकरणको चरम लापरबाहीले यस्तो घटना भएको आरोप लगाएका छन् ।